अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

मिडियाले मेरो बाँसुरी बजाएको फोटो हालिहाल्छन् – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति सधैँ असन्तुष्टि जनाउदै आउनुभएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा पनि सञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्नुभयो ।

काठमाडौँ उपत्यका विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चार माध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने टिप्पणी गर्नुभयो । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको उहाँको टिप्प्णी थियो ।

उहाँले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको समेत बताउनुभएको छ । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि प्रधानमन्त्रीले गर्नुभयो । आफूले तुईन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भएपनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो गर्नुभयो ।

सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुशी हुनुपर्नेमा पिर किन परेको ? भनी प्रधानमन्त्रीले प्रश्न गर्नुभयोे । उहाँले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातीमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू