अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

१७५ जना नेपालीलाई उद्धार गरी चीनबाट स्वदेश ल्याइयो

बिआरटीनेपाल २०७६ फागुन ४ गते ८:०२ मा प्रकाशित

चीनको हुबेइ प्रान्तका ६ सहरमा रहेका १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको जहाजले घर फर्कन चाहने ती नेपालीलाई वुहानबाट काठमाडौं ल्याएको हो । विमान आज बिहान तीन बजे काठमाडौंमा अवतरण गरेको हो । बेइजिङ दूतावासका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका नेपाल फर्किएका हुन् ।

चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो । वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको हो । विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्य जाँच गरिएको थियो । चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण नेपाल फर्कन नपाएको दुतावासले जनाएको छ ।

यसैबीच चीन गएको जहाजमा नेपालले सहयोग दिएका १ लाख थान मास्क पनि वुहान पुर्याईएको थियो । नेपाल ल्याइएका सबैजनालाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू