अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

यमनमा हुथी विद्रोहीको हमलामा ३१ जना मारिएको दाबी

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:२६ मा प्रकाशित

यमनको होथी विद्रोहीले साउदी र युएई नेतृत्वको सैन्य गठबन्धनको हमलामा ३१ जना मारिएको दाबी गरेको छ । उनीहरुको मृत्युले संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशलाई निःशस्त्र पार्न असफल भएकोसमेत यमनले आरोप लगाएको छ ।

उत्तरी अल जावफ प्रान्तमा भएको हवाइ हमलामा ती बालबालिका र महिला मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सैन्य गठबन्धनले विद्रोहीलाई लक्षित गरी हवाइ हमला गर्दा ती सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ ।

साउदी नेतृत्वमा रहेको दुई देशको संयुक्त सैन्य गठबन्धनले सन् २०१५ मा यमनको द्वन्द्वमा हस्तक्षेप गरेसँग राष्ट्रपति अब्द रब्बू मन्सुर हादीको पनि समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू