अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमणीत घट्दो गतिमा

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:१६ मा प्रकाशित

चीनले कोरोना भाइरसको नयाँ संक्रमण लगातार तेस्रो दिन पनि घटेको जनाएको छ । हिजो र अस्ति पनि नयाँ संक्रमणको दर घट्दो अबस्थामा थियो । चीनका विदेशमन्त्री वाङ यीले संक्रमणको घट्दो दरले समग्रमा संक्रमण नियन्त्रण गर्न सकिने अवस्थामा रहेको बताउनुभयो । संक्रमण रोकथाम र पूर्ण नियन्त्रणका लागि चीनले चालेको कदम सायदै अरु मुलुकले गर्न सक्ने उहाको भनाई छ ।

यता आज मात्र कोभिड–नाइन्टिन नाम दिइएको भाइरसका २ हजार संक्रमित र थप १ सय ४२ जनाका मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । चीनमा हालसम्म ६८ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या बढेर १६ सय ६५ पुगेको छ ।

चीन बाहिर करिब ३० देशमा ५ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एक/एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू