अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

सरकार ढाल्ने षड्यन्त्र भयो : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भएको बताउनुभएको छ । झापाको दमकमा आईतबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको दाबी गर्नुभएको हो ।

सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको उल्लेख गर्दे प्रधानमन्त्रीले मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलाप जारी रहेको बताउनुभयो । सरकार ढाल्न लागिरहेको पटकपटक उल्लेख गरेपनि ओलीले कसले त्यो षड्यन्त्र गरिरहेको छ भन्ने केही खुलाउनुभएन ।

सरकारको दुई वर्ष पूरा भएको एकदिनपछि आइतबार प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति बाहिर आएको छ । सरकार दुई वर्ष पुगेपछि अविश्वासको प्रस्ताव संसदमा पेस गर्न सकिने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीले षड्यन्त्र रचेको भरमा देश विकासको गति नरोकिने पनि बताउनुभयो । उहाँले आफू ५० वर्षदेखि निरन्तर विभिन्न पक्षसँग लड्दैअघि बढिरहेकाले सरकार विचलित नभइ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू