अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

पूर्व सभामुख महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकियो, सोमबार फैसला हुने

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:०८ मा प्रकाशित

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आज अन्तिम बहस सकिएको हो । अदालतले भोलि फैसला सुनाउने जनाएको छ । आज नै फैसाला सुनाउने तयारी भए पनि समय अभाव कारण भोलिलाई सारिएको अदालतका सह–प्रवक्ता टीकासिंह खत्रीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो । सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलले बहस गर्नुभएको थियो ।

संघीय संसद्को सचिवालयमा कार्यरत एकजना महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू