अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरा पिउँदै

बिआरटीनेपाल २०७६ फागुन ३ गते ९:०७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखेका छन् भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन् ।

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो समेत सार्वजनिक भएको छ । उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन् । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउन समेत माग गरेका छन् । न्युज अफ नेपालबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू