अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

चीनबाट ल्याउने तयारी पूरा, १७ जनाको टोली भोलि जाने

बिआरटीनेपाल २०७६ फागुन २ गते १५:३६ मा प्रकाशित

काठमाडौ,  कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८० जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली भोलि चीन जानेछ । भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो । नेपालमा ल्याए पनि उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसंग भेट्न पाउने छैनन । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने छ । त्यसको लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याउन लागेका नेपालीहरु बस्ने क्वारेनटाइनको व्यवस्थापन गरीसकेको जानकारी दिनुभयो । उहाँले उनीहरु बस्ने ठाउँको व्यवस्थापनदेखि लिएर त्यहाँ रहदा उनीहरुले ध्यान दिनुपर्ने आचारसंहिताको विषयको टुंगो लागेको बताउनुभयो । चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ,दाहालले भन्नुभयो,ती विषय सामान्य विषय हुन ।

यात्रुहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ, शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुपर्ने, शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छ । यदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुपर्ने जस्ता जानकारी यात्राको क्रममा दिइनेछ ।

यस्तै आफ्नो स्वमुल्याङ्कंन फारम जहाजबाट झर्नु भन्दा आधा घण्टा अघि मात्र भर्नुपर्ने, आवस्यकता अनुसार जहाज दलका सदस्य तथा स्वास्थ्य टोलिका सदस्यले तपाईहरुको नियमितरुपमा अनुगमन तथा निरीक्षण गर्ने , काठमाडौ बिमानस्थालमा जहाजबाट उत्रनु भन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कने, अन्य यात्रुहरूसँग कुराकानी गर्दा होशियारी अपनाउनुपर्ने जस्ता सामान्य विषयमा यात्रुहरुलाई जानकारी दिइनेछ । सहप्रवक्ता दाहालले शुक्रबार चीनबाट आउने नेपालीलाई कसरी क्वारेनटाइनसम्म पुर्याउन सकिन्छ भनेर ड्र्लि अभ्यास समेत गरेको जानकारी दिनुभयो । हामीले यात्रु ल्याउने र क्वारेनटाइनमा खटिने स्वास्थ्यकर्मीहरुको लागि तालिम त दियौं,सहप्रवक्ता दाहालले भन्नुभयो,उनीहरुले तालिम अनुसार उक्त काम गर्न सक्छन कि सक्दैनन भनेर ड्र्लि अभ्यास गराइएको हो । उहाले काठमाडौ बिमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्क रहने जानकारी दिनुभयो ।

प्रत्येक स्क्रिनिङ्ग टिममा तालिम प्राप्त मेडिकलअफिसर, नसए र प्यारामेडिक्स गरी २ जनाको समूह छन् हुने छन् । नेपालीहरुको उद्धारका लागि नेपालबाट १७ जनाको टोली चीन जानेछ। सहप्रवक्ता दाहालले चीनबाट नेपाल ल्याइने नेपालीहरु पूर्ण स्वस्थ हुने भन्दै उनीहरुलाई चीनको विमानस्थलमा समेत स्वास्थ्य परीक्षण गरिने बताउनुभयो ।

यदि रुघाखोकी,ज्वरोजस्ता लक्षण देखिए चीनमै क्वारेनटाइनमा राखिने छ । नेपालीलाई लिन जाने १७ जनाको टोली सबैलाई कोरोना भाइरसको जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने उपाय बारे सरकारले तालिम दिइसकेको छ । चीनबाट आइसकेपछि सबै नेपालीलाई विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा ज्वरो, रुघाखोकी देखियो भने क्वारेनटाइनमा नलगि आइसोलेसन भएका अस्पतालतर्फ लगिनेछ । चीनबाट ल्याइएका नेपालीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ । क्वारेनटाइमा समेत दिनहु स्वास्थ्य परीक्षण हुने र परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखा परे तत्काल आइसोलेसन वार्डका लागि पठाइनेछ । गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू