अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:५२ मा प्रकाशित

टर्कीका सुरक्षाकर्मीहरुले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरु मारिएको टर्कीका अधिकारीले जानकारी दिएका छन् । ‘हाम्रा श्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका छन्,’ टर्कीको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

मारिएका र नियन्त्रण गरिएका कुरालाई टर्कीका अधिकारीहरुले ‘निष्प्रभावित पारिएको’ भन्ने शब्दको प्रयोग गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो । आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको थियो । टर्कीका सुरक्षाकर्मी्विरुद्ध फेरि अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उहाँको भनाइ थियो । सिरियाको इदलिब प्रान्तमा केही हप्तादेखि दुई देशका सुरक्षाकर्मीबीचमा विवाद तथा सङ्घर्ष चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू