अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

अस्ट्रेलियामा फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:५१ मा प्रकाशित

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ। डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्स (एनएसडब्लु)का अग्नि नियन्त्रण अधिकारीले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको बताएका हुन्।मानवीय प्रयासका बाबजुद राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो कायम थियो। तर भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको आगलागी नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्निनियन्त्रण सेवाले जनाएको छ।

पछिल्लो केहिदिन यता न्यू साउथ वेल्समा भारी वर्षा भइरहेको छ। भारी वर्षासँगै एनएसडब्लुमा बाढी तथा क्वीन्सल्याण्डको दक्षिणी क्षेत्रमा आँधी आउन सक्ने चेतावनी पनि दिइएको छ। न्यू साउथ वेल्समा पाँच महिनाभन्दा बढी समय फैलिएको डढेलोका कारण ५४ लाख हेक्टर क्षेत्रफल डढेको छ। यस्तै २४ सय ३९ घर ध्वस्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू