अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

लक्ष्मण थारुसहित थरुहट पक्षधर नेताद्वारा आमरण अनशन सुरु

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:४२ मा प्रकाशित

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुसहित थरुहट पक्षधर नेताहरुले बिहीबारदेखि आमरण अनशन सुरु गरेका छन् । १४ बुँदे माग अगाडि सारेर कैलालीको धनगढीको क्याम्पसचोकमा उनीहरुले आमरण अनशन सुरु गरेका हुन् ।

यसअघि, मोर्चाले माग पूरा गर्नका लागि सरकारलाई २० दिने ‘अल्टिमेटम’ दिएको थियो । माग पूरा गर्नमा सरकार गम्भीर नदेखिएकाले देशव्यापीरुपमा आन्दोलनको थालनीसहित आमरण अनशन पनि थालेको अध्यक्ष थारुले बताउनुभयो ।

मोर्चाले टीकापुर घटनाका मुद्दा खारेज गर्नुपर्ने, घटना छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोग र देवीराम शर्मा नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू