अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

तीन देशका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:३७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन देशका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित बिशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मे्नियाका गैआवासीय राजदूत क्रमशः ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू