अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

वुहानका नेपाली लिन शनिवार नेपाल एयरलाइन्सको जहाज पठाइने

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:३६ मा प्रकाशित

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनका लागि पर्सि पौने ३ बजे नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । वाइडबडी जहाज चीनको वुहान जाने भएको हो । वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक पनि रहनेछन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आगामी आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुुसेवा निगमका प्रवक्ता अर्चना खड्काले सीआईएनसँग बताउनुभयो । अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू