अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

सीआईपी अवार्डबाट २५ व्यवसायी सम्मानित

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:३८ मा प्रकाशित

सरकारले मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका निर्यातकर्ता, लगानीकर्ता, रोजगारदातालाई व्यावसायिक व्यक्तित्व (सीआईपी) अवार्डबाट सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुभयो । सरकारले १३ विधामा २५ उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । सीआईपी सम्मान चार वर्षदेखि रोकिएको थियो ।

सीआईपी अवार्ड पाउने व्यक्तित्वहरूमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा धागोतर्फ रामचन्द्र संघई, ऊनी गलैंचातर्फ दोर्जे ग्याल्सेन लामा, तयारी पोसाकतर्फ राहुलमान शाक्य, पश्मिना सलतर्फ सूर्यकुमार गुरुङ र उनी फेल्ट उत्पादनतर्फ एभरेस्ट फेसनले धेरै निकाय गरेको आधारमा अवार्ड प्राप्त गरेका छन् । भारततर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट डाबर नेपालका हरकिरत सिंह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छाले अवार्ड पाउनुभयो । यस्तै चीनतर्फ रकमको आधारमा निकासीकर्ता मध्येबाट पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत, मच्छिन्द्र पाण्डेले अवार्ड प्राप्त गर्नुभएको छ ।

कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, निर्वाणकुमार चौधरी, निर्यात व्यापारतर्फ राजलक्ष्मी गोल्छा, सफ्टवेयर निर्यातमा दीपेश प्रधानले अवार्ड पाउनुभयो । उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमूलक उद्योगतर्फ लिऊ शु कुवाङले यो अवार्ड पाए । उनी होङ्शी सिमेन्टका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यागी व्यवसायीतर्फबाट पवनकुमार गोल्याणले र बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी(व्यवसायीबाट चन्द्रप्रसाद ढकालले अवार्ड पाउनुभयो । ढकाल आइएमईका हुनुहुन्छ । यस्तै पर्यटन क्षेबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट तारागाउँ रिजेन्सी (ह्यात) होटलका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ अवार्डबाट सम्मानित हुनुभयो । युवा उद्यमीतर्फ महिलाबाट सुनीता शेर्पा र पुरुषबाट अक्षय गोल्याणले सम्मान पाउनुभएको छ ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योेगदान पु¥याएका संघका अध्यक्षहरूमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले आईसीपी अवार्ड प्राप्त गर्नुभयो ।

प्रतिक्रिया