अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

इन्द्रसरोवरमा कविता यात्रा सम्पन्न

बिआरटीनेपाल २०७६ माघ २७ गते २०:५३ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले आज २०७६ माघ २७ गते इन्द्रसरोवर १, मार्खु, कुलेखानी, मकवानपुरमा प्रेम दिवसको अवसर पारेर “कविता यात्रा” कार्यक्रमको आयोजना गर्‍यो ।

भ्रमण वर्षको अवसरमा आयोजित सो कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, हङकङबाट आउनु भएका उपन्यासकार शिव प्रधान, साहित्यकारहरू प्रमोद प्रधान, राजेन्द्र शलभ, युवराज नयाँघरे, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका संरक्षक एवं पूर्व अध्यक्ष पवन आलोक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, गीता कार्की, महासचिव ऋषवदेव घिमिरेलगायत साहित्यकारहरू डा. शान्तिमाया गिरी, सुमन वर्षा, कमला रिसाल, रन्जना निरौला, अर्जुन थापा, रुपा प्रसाईको उपस्थिति रहेको थियो ।

कविता यात्राका अवसरमा उपस्थित सबै स्रष्टाहरूले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू