अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

ए डिभिजन लिग – मछिन्द्र पुनः शीर्षस्थानमा

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:३३ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लव पुनः शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लवले संकटा क्लवमाथि ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका खेलाडी देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक राइले एक÷एक गोल गरे। संकटाका लागि एक मात्रै गोल मेसोउकेले गरका थिए ।

मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै उपाधि होड कायमै राखेको हो। यद्यपी आर्मीले एक खेल खेल्न बाँकी छ। संकटा क्लब १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ। यसअघि सोमबारै भएका अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ टिम र च्यासल युथ क्लब विजयी भएका छन्।

प्रतिक्रिया