अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

पूर्व सचिव कार्कीका श्रीमतीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु , घरमा काम गर्ने विजय चौधरी झण्डिएको अवस्थामा

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:२७ मा प्रकाशित

आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेका पुर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको छ । ललितपुर उपमहानगरपालिका दुइ सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेका कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पु¥याएको थियो ।

यस्तै कार्कीको घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्दाजी २२–२३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले श्रीमती मुनालाई आक्रमण गरेको देखिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

मुनालाई गम्भीर आक्रमण गरेपछि दाङका २२ वर्षे चौधरीले झुण्डिएर आत्महत्या गरेको प्रहरीको दाबी छ। प्रहरीले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू