अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

थाइल्याण्डमा २६ जनाको हत्या गर्ने सैनिकलाई गोली ठोकेर मारियो

बिआरटीनेपाल २०७६ माघ २६ गते ७:४० मा प्रकाशित

थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा गोली हानेर २६ जनाको हत्या गर्ने सैनिक लाई गोली ठोकेर मारिएको छ । शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २६ जनाको हत्या गर्ने ती सैनिकलाई आइतबार सुरक्षाकर्मीले गोली हानेर मारेका हुन् ।

आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई समेत गोली हानेको रक्षा मन्त्रालयले दावी गरेको छ । त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । प्रहरीले लामो प्रयासपछि आक्रमणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू