अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारी राष्ट्रपति ट्रम्पद्धारा बर्खास्त

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गर्नुभएको छ । उहाँले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गर्नुभएको हो ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाउनुभएको हो । उनीहरु दुवै महाअभियोगको सुनुवाइका क्रममा उपस्थित भएका थिए । आफ्ना प्रतिस्पर्धीविरुद्ध युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग दर्ता भएको थियो ।

गत बुधबार सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पलाई महाअभियोगमा सफाइ दिईएको थियो । विपक्षीको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएपनि रिपब्लिकनको पकड रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाउनुभएको थियो । अमेरिकाकी इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू