अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

अन्टार्कटिकाको तापक्रम इतिहासकै उच्च, १८.३ डिग्री सेल्सियस कायम

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:१४ मा प्रकाशित

पृथ्वीको उत्तरी ध्रुवमा रहेको अन्टार्कटिकाको तापक्रम इतिहासकै उच्च मापन भएको छ । अन्टार्कटिकाको तापक्रम १८.३ डिग्री सेल्सियस मापन भएको हो, र यो हालसम्मकै उच्च हो । बिहीबार अन्टार्कटिकाको तापक्रम १८.३ डिग्री सेल्सियस मापन भएको हो । यो यसअघिको उच्च तापक्रम भन्दा ०.८ डिग्री सेल्सियस बढी हो । यसअघि सन् २०१५ को मार्चमा अन्टार्कटिकाको तापक्रम उच्च तहमा पुगेको थियो र त्यसबेलाको तापक्रम १७.५ डिग्री सेल्सियस थियो ।

बिहीबार मापन भएको तापक्रम संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम संगठन (डब्लुएमओ) ले पुष्टि गर्ने तयारी गरेको छ । अन्टार्कटिकाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको तटीय क्षेत्रमा बिहीबार मापन भएको तापक्रम अहिलेसम्मकै उच्च हो । पृथ्वीको तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको क्षेत्रमा पर्छ । पछिल्लो ५० वर्षमा अन्टार्कटिकाको तापक्रम तीन डिग्री सेल्सियसले वृद्धि भएको छ। जलवायु परिवर्तनका कारण अन्टार्कटिकाको हिउँ पग्लिन थालेको छ । पछिल्लो १२ वर्षमा सो क्षेत्रको हिउँ बढी मात्रामा पग्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू