अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउन पहल

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:१० मा प्रकाशित

नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अस्ट्रेलिया स्थित नेपाली संघ संस्था अगुवा तथा नेपाली अभिभावकहरुले अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउने ब्यबस्था गर्न प्रयास गरेका छन् । “हाम्रो समाज अस्ट्रेलिया” का अध्यक्ष तथा नेपाली संघ संस्थाको महासंघ (फेनका) का सल्लाहकार डा. मोम बिश्वकर्माले दिएको जानकारी अनुसार एनएसडब्लु राज्यको शिक्षा मन्त्री शराहा मिचेल सँग एनएसडब्लु संसद भवनमा भेट गरि नेपाली समुदाएको बढ्दो जनसंख्या तथा भाषा संरक्षणमा सरकारले गर्नुपर्ने सहयोगको बारेमा जानकारी गराउनुभएको छ ।

उक्त अवसरमा डा विश्वकर्माले नेपाली बाहुल्य भएको ठाउँहरु जस्तै सिड्नीका पश्चिमी क्षेत्रहरु कयाम्सी, रक्देल, मिन्टो, कम्प्बेलटाउन, अबर्न लगायतका क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा नेपाली भाषा कक्षा संचालन गर्न माग गरेको जानकारी दिनुभयो । बैठकमा नेपाली भाषीहरुको बाहुल्यता रहेका क्षेत्रका सरकारी स्कूलहरुमा नेपाली बिद्यार्थी उल्लेख्य मात्रामा रहे पनि नेपाली भाषी शिक्षकको अभाब रहेकोले एनएसडब्लु मन्त्री मिशेलले नेपाली भाषी शिक्षक तयारीका लागि सामुदायिक भाषा बिद्यालय मार्फत आबस्यक छात्रवृति तथा सहयोग गर्न लागिएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू