अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – मिजौरी च्याप्टरले नेपाली पाठशाला स्थापना

बिआरटीनेपाल २०७६ माघ २४ गते ९:५७ मा प्रकाशित

ॐ सरस्वती मय दृष्ट्वा, वीणा पुस्तक धारणीम् ।
हंस वाहिनी समायुक्ता मां विद्या दान करोतु में ॐ।

नेपाली भाषा र संस्कृतिको अध्ययन अध्यापन लगातार गराइने उद्देश्य का साथ अनेसास मिजौरी च्याप्टरको तर्फ बाट नेपाली पाठशालाको स्थापना फेब्रुअरी १ शनिवारका दिन विद्याकी देवी सरस्वतीको विशेष दिन-ऋीपन्चमीलाई सम्झिँदै र सरस्वतीकोबन्धना सहित भएको सहर्ष जानकारी मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नुभएको छ । उक्त पाठशालाबाट पहिलो दिनको अध्यापनको सिलसिलामा अनेसास बारे र नेपाली भाषाको बृहत् महत्त्व प्रवासमा र प्रवासीमा, साथै अध्यापनको पाठ्यक्रम तैयार गरिँदै गरेको कुराको पनि मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले जानकारी गराउनु भएको छ ।

कार्यक्रमको अन्तिममा अँध्यारोबाट उज्यालोतिर वा असभ्यताबाट सभ्यतातिरको अर्थमा विद्याकी देवीकी प्रतीक माता सरस्वतीको शक्तिले संसारमा सबैमा एक आपसमा माया, प्रेम,करुणा र सद्भावको भावना जागृत गराउन सकोस् भन्दै सहभागी सबैबाट नेपालीराष्ट्रीय गान गाइएको थियो । गायनपछि सहभागी सबैलाई च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू