अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

इजरायली सेनाको कारवाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु

बिआरटीनेपाल २०७६ माघ २४ गते ७:०६ मा प्रकाशित

इजरायली सेनाको कारवाहीमा ४ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्याएको आशंकामा गरेको हवाइ हमलामा मारिनको संख्या चार पुगेको हो । सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दावी गरेको छ । मारिनेमा विद्यार्थी र एक जना प्रहरी समेत रहेको बताइएको छ ।

इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ । यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ । इजरायली सेना थपिएपछि हिंसाका घटना बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू