अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

विश्व स्वास्थ्य सङ्गठनद्वारा चीनको प्रशंसाः कोरोना रोकथाममा चीनको कदम उपयुक्त रहेको टिप्पणी

बिआरटीनेपाल २०७६ माघ २२ गते ५:०१ मा प्रकाशित

कोरोनाभाइरसको रोकथामको लागि चीनले चालेको कदमको विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । चीनको वुहान राज्यबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणविरुद्ध चीनले चालेका कदमले विश्वव्यापी रुपमा हुने संकटकारी अवस्थाबाट जोगाएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वव्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको हो।

डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी समेत गरेका छन् । प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्ल्यूएचओको त्यस्तो प्रशंसा गरेको हो । जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताउनुभयो ।

डब्ल्यूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल भने पनि त्यो उसकै शब्दमा महामारीको अवस्थामा नपुगेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू