अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

चर्चित गायक अनिल सिंह भन्छन्, गीत चोरीले कलाकार त्रासमा

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:३३ मा प्रकाशित

चर्चित गायक अनिल सिंहले आफ्नो गीत म्युजिक डट कमले चोरी गरेर अनाधिकृत रुपमा प्रयोग गरेको आरोप लगाउनुभएको छ । प्रेम पत्र र परी बोलका दुई गीत आफ्नो स्वीकृति र जानकारी बिना नै राजेश वंशलको स्वामित्वमा रहेको म्युजिक डट कमले चोरी गरी अनधिकृत रुपमा प्रयोग गरेको आरोप गायक सिंहले लगाउनुभएको हो ।

कुनै पनि अधिकार नरहेको दुई गीत अनाधिकृत रुपमा म्युजिक डट कमले प्रयोग गर्नुका साथै म्युजिक नेपाललाई अधिकार बिक्री गरेको पाएपछि आफू समस्यामा परेको गायक सिंहको भनाई छ । प्रेम पत्र गीतको अडियो अधिकार मात्रै म्युजिक डट कमसँग रहेको भए पनि भिडियो पनि अनाधिकृत रुपमा प्रयोग गरेको आरोप गायक सिंहले लगाउनुभयो । गायक सिंहका अनुसार ‘प्रेम पत्र गीतको भिडियो इमेज च्यानलबाट बनाएको हो ।

’ त्यसको अधिकार म र इमेज च्यानलसँग मात्रै थियो । तर म्युजिक डट कमले अडियो राइटको पत्र देखाएर भिडियो पनि निकालेको रहेछ ।’ सो गीतको बिक्री वितरण अधिकार इन्द्रेणी क्यासेट सेन्टरमा रहेको सिंहले बताउनुभयो । यस्तै परी बोलको गीत पनि अनाधिकृत रुपमा प्रयोग भएको गायक सिंहले बताउनुभएको छ । सम्झौता पत्रमा स्पष्ट प्रथम र द्वितीय पक्षको स्विकृति बिना गीतको अधिकार तृतीय पक्षले लिन नपाउने उल्लेख भए पनि आफूलाई जानकारी नै नदिई अधिकार बिक्री गरेको पाइएको उहाको भनाई छ ।

आफ्नो असहमतिपछि परी गीत हटाए पनि प्रेम पत्र भने नहटाइएकाले अब कानूनी उपचारको खोजी गरिरहेको गायक सिंहले बताउनुभयो । यो मामिलामा अहिले आफुलाई कतैबाट धम्की नआएको तर ठूला कम्पनीहरुको मारमा कलाकार पर्ने भयले त्रसित बनाएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया