अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

बार्सिलोनाले नायिका प्रियंका कार्कीको फोटो शेयर गर्दै भन्यो : ‘वि लभ नेपाल’

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:१९ मा प्रकाशित

अभिनेत्री प्रियंका कार्कीलाई विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा स्थान दिएको छ । बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’लेखेको छ । साथै उसले ‘वि लभ नेपाल’ भन्दै प्रियंकाको भिडियो समेत पोष्ट गरेको छ।

प्रियंका प्रेमी तथा प्रस्तावित श्रीमान आयुष्मान देशराज जोशीको साथमा बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न आइतबार स्पेनको बार्सिलोना जानुभएको थियो । कतार एअरवेजको उडानमा स्पेन पुगेकी प्रियंकाले आइतबार राति खेल शुरु हुनुअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत आफु नेपाललाई प्रतिनिधित्व गरेर खेल हेर्न आएको र धेरै नेपालीले यो अदुभुत खेल माहोलमा रम्ने चाहना पालेपनि सबैले यो सपना प्राप्त गर्न नसक्ने बताउनुभएको थियो ।

बार्सिलोनाले पोष्ट गरेको फोटोमा प्रियंका एक युवतीका साथ सेतो पहिरनमा खेलमैदानमा उभिनुभएको छ । बार्सिलोना पुग्नुअघि प्रियंका आफ्ना साथीसंगीहरुको साथमा ब्याचलर पार्टी (जुन विवाह अगाडि मनाइन्छ) मनाएर फर्किनुभएको थियो । उहाँ अभिनेता आयुश्मान देशराज जोशीसँग फागुन १८ मा विवाह बन्धनमा बाँधिइँदैहुनुहुन्छ । प्रियंकाले हेरेको स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेलमा बार्सिलोना २ १ ले विजयी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू