अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

कोरोना भाइरसका संक्रमित र सम्भावित बिरामीलाई उपचार गर्ने जिम्मा नेपाली सेनालाई

बिआरटीनेपाल २०७६ माघ २० गते ३:२४ मा प्रकाशित

सरकारले कोरोना भाइरसका सम्भावित बिरामीलाई आइसोलेटेड वार्डमा राखेर उपचार गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले आइसोलेटेड वार्डको खोजी गरेर तयारी थाल्न निर्देशन दिएको जानकारी दिनुभयो ।

‘हामीले विगतमा इबोलाका बिरामीलाई आइसोलेटेड वार्डमा राखेर २१ दिनसम्म उपचार गरेका थियौँ। त्यही भएर पनि हामीलाई त्यो जिम्मेवारी आएको हुन सक्छ’, सैनिक प्रवक्ता पाण्डेले भन्नुभयो । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नियमित छलफल भइरहेको र चाँडै यसबारे निष्कर्षमा पुग्ने उहाँले जानकारी दिनुभएको छ ।

सेनाले २०७१ सालमा लाइबेरियामा शान्ति मिसनमा रहेका आफ्ना सैनिक कर्मचारीमा इबोलाको संक्रमण देखिएपछि आइसोलेटेड वार्डमा राखेर सफलतापूर्वक उपचार सम्पन्न गरेको थियो। सैनिक प्रवक्ता पाण्डेले कहाँ राखेर उपचार गर्ने भन्नेबारे निश्चित भइनसकेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू