अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

बेलायतमा भिक्टोरिया क्रस पाउने पहिलो नेपालीको सालिक बनाईने

बिआरटीनेपाल २०७६ माघ २० गते १:५१ मा प्रकाशित

बेलायतमा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बन्ने भएको छ । बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक अल्डरसटमा सालिक बन्ने भएको हो ।

थापाले प्रथम विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बेलायत सरकारको सम्मानित पदक पाउनुभएको थियो । सालिकको आकृति पनि भिसी थापाले घाइते सैनिक बोकेको हुनेछ । ग्रेटर रसमोर नेपलिज कम्युनिटीले प्रिन्सेस गार्डेन अल्डरसटमा बनाउन लागिएको सालिकका लागि स्थानीय रसमोर बरो काउन्सिलले स्वीकृति दिइसकेको छ । काउन्सिलले जग्गा र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको छ । कम्युनिटीले काउन्सिललाई सन् २०१५ मै निवेदन दिएको थियो ।

सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज, दि गोर्खा ब्रिगेड एसोसिएसन र गोर्खा संग्रहालयले पनि अनुमति दिइसकेको गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले जानकारी दिनुभयो । यसको अनुमानित लागत एक करोड ८० लाख रुपैयाँ छ । चन्दा संकलनबाटै आउँदो अगष्टसम्म सालिक बनाइने लक्ष्य राखिएको छ । कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिनुभएको छ ।

आइतबार प्रोजेक्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा करिब २३ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ । थापाले भारतीय सेनामा सेवारत रहँदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू