अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशक भट्टराईको दाबी,नबन्ने भयो ’दासढुङ्गा २’

बिआरटीनेपाल २०७६ माघ १९ गते २:३५ मा प्रकाशित

’दासढुङ्गा २’ चलचित्रका निर्देशक कुमार भट्टराईले फिल्मको स्क्रिप्ट परिवर्तनका लागि दवाव आएको बताउनुभएको छ । यो दवाव संगै अब लामो समयदेखि फिल्म निर्माण अनुमतिका लागि संघर्ष गरिरहेको फिल्म ’दासढुङ्गा २’ नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुंगामा भएको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो।

फिल्मलाई कुमार भट्टराईले निर्देशन गर्ने तयारीमा हुनुहुन्थ्यो । तर, चलचित्र विकास बोर्डले फिल्म निर्माणको अनुमति दिएको छैन । फिल्मको कथावस्तुले अहिले सत्तामा रहेकाहरुमाथि नै प्रश्न उठाउने भएपछि बोर्डले निर्माण अनुमति नदिएको हो । बोर्डले फिल्मको कथासार मदन भण्डारीका नाममा खुलेका संस्था मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठानलाई समेत पठाएको थियो । सो संस्थाहरुले पनि कथासारमा चित्त नबुझाएको बताइएको छ । मदन भण्डारीसँग जोडिएका संघसंस्थाले नै फिल्मको स्क्रिप्टमा फेरबदल गर्नुपर्ने भनेपछि निर्देशक भट्टराई फिल्म नबाउने निर्णयमा पुगेका हुन् ।

निर्देशक भट्टराई सत्तासँगको आफ्नो लडाईंमा कुनैपनि फिल्मकर्मीले साथ नदिएको बताउनुहुन्छ । फिल्मका लागि लामो समय खर्चेर कलाकारहरु अनुबन्धित गरेर उहाँले फिल्मको घोषणासमेत गरिसक्नुभएको थियो । यो दौरान ८ लाख खर्च भएको निर्देशक भट्टराई बताउनुहुन्छ ।

प्रतिक्रिया