अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

न्युयोर्कका युवा गायक रोकेश गुरुङको “थाकी सके ” गीत सार्वजनिक

विजय थापा २०७६ माघ १८ गते २२:१८ मा प्रकाशित

डिसी । न्युयोर्कका युवा गायक रोकेश गुरुङको नयाँ म्युजिक भिडियो (सङ्गीत श्रव्य दृश्य )सार्वजनिक भएको छ । उक्त गीत गीति सङ्ग्रह एल्बम ‘माया’ बाट निकालिएको हो ।

गत जनवरी ३१ का दिन उक्त गीत बजारमा आएको हो । गायक गुरुङले स्वयं शब्द रचना गरेका हुन् भने सङ्गीत उनले दिएका छन् । उक्त नयाँ गीतलाई निर्देशन,सम्पादन तथा छायाङ्कन मिलन थापाले गरेका छन् । उक्त श्रव्य दृश्य (भिडियो)मा कलाकारहरूमा पार्वती गुरुङ तथा स्वयम् गायक रोहित गुरुङले अभिनय गरेका छन् ।

न्युयोर्कमा बस्दै आएका गुरुङ काठमाडौँ इन्टरटेनमेन्टका संस्थापक हुन् । उनी गायन, सङ्गीत, लेखनमा रुचि राख्छन् । उनी मनाङ समाज अमेरिकाका अध्यक्ष छन् । उनी नेपाली डीजेका रूपमा चर्चित छन् । उनले थुप्रै कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उनी गिटारिस्टका रूपमा अमेरिकामा फिरोज स्याङ्देन, एड्रियन प्रधान, नरेन लिम्बू, दिवस गुरुङका कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू