अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

प्रहरीले गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली चलायो, ३ जना पक्राउ

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:०४ मा प्रकाशित

मकवानपुर प्रहरीले गएराति गाँजा तस्करलाई नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीका अनुसार शंकास्पद कार भएको विशेष सूचनाको आधारमा करीब राति साढे १२ बजे मनहरी इलाका प्रहरीले रोक्न खोजेको भारतीय नम्बर बिआर ०६ जे ४४५८ नम्बरको कारलाई हेटौंडा–११ थाना भ–याङ्गमाबाट टायरमा गोली हानी नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार उक्त कारसँगै तीन जना गाँजा तस्करलाई पनि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सो कारबाट ३२ केजी गाँजासमेत बरामद गरिएको मकवानपुर प्रहरी प्रमुख सुशिलसिंह राठौरले जानकारी दिनुभयो । भारत मुजफरपुरका ३५ बर्षीय अजमैल हवारी, चालक सञ्जित पासमान र जाहेरा खातुनलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा वडा प्रहरी कार्यालयको ना१झ १४१७ नम्बरको गाडी र ना५ख ५५८२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित ६ जना घाइते बनेका छन् ।

दुर्घटनामा पाँच जना प्रहरी र गाँजा तस्कर समूहकी ४५ बर्षीया भारतीय नागरिक जाहेरा खातुन घाइते भएका हुन् । घाईतेहरुकोे हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू