अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

मध्यपूर्वमा शान्ति स्थापना गर्ने ट्रम्पको योजनाको प्यालेस्टाइन र इजरायलद्धारा विरोध

बिआरटीनेपाल २०७६ माघ १५ गते ५:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले एक स्वतन्त्र प्यालेस्टाइन राज्य र वेस्ट बैंक बस्तीमा इजरायली सार्वभौमिकता कायम गर्न सहयोग गर्ने बताउनुभएको हो ।

अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा राष्ट्रपति ट्रम्पले अमेरिकाको प्रस्ताव इजरायली नागरिकका लागि अन्तिम अवसर हुने प्रतिक्रिया दिनुभएको छ । इजरायल र प्यालेस्टाइन दुवैका लागि विन विन समाधानको रुपमा योजना प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले सम्झौताले लामो समयदेखि चलिरहेको इजरायल र प्यालेस्टाइनको द्वन्द्व अन्त्य हुनेमा आशावादी रहेको बताउनुभयो ।

यसअघि नै सार्वजनिक भएको अमेरिकाको प्रस्तावको इजरायलमा कडा विरोध भएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले अमेरिकी योजनामा षडयन्त्र रहेको आरोप लगाउनुभएको छ । उहाँले नेतान्याहूले अमेरिकालाई इजरायली नागरिकको अधिकार बेच्ने अधिकार नभएको प्रतिक्रिया दिनुभएको छ। यसैबीच अमेरिकाको प्रस्तावविरुद्ध प्यालेस्टाइनहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू