अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

यती होल्डिङ्ससँग कुनै मितेरी सम्बन्ध छैनः प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ माघ १५ गते ५:५३ मा प्रकाशित

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्ससँग कुनै मितेरी सम्बन्ध नरहेको बताउनुभएको छ । तर तत्कालिन जननेता मदनभण्डारीले पासाङ ल्हामु शेर्पालाई सगरमाथा आरोहणका लागि दिएको शुभकामनालाई समेत जोडेर सरकारलाई विवादमा तानिएको भन्दै उहाँले असन्तुष्टी जनाउनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्वोधन गर्ने क्रममा उहाँले प्रक्रिया पुर्याएर दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा दिएको दाबी स्पष्ट पार्नुभयो । सरकारले जग्गा भाडामा दिने नीति लिएपछि त्यसको कार्यान्वयन उसको दायीत्व भएको ओलीको भनाई थियो । करिव २ अर्व लेख्नु पर्नेमा गल्तीले ६ अर्व रुपैँया लेख्दा विवादमा परेको उहाँले बताउनुभयो ।

पाथीभराको प्रसंग पनि निकाल्दै उहाँले धेरै वर्षअघि केवलकार सञ्चालनका लागि इजाजत दिइसकेको अवस्थामा सित्तैमा नदिएको उल्लेख गर्नुभयो । गोकर्ण रिसोर्ट पहिले दरबारले विदेशीलाई चलाउन दिएको र जग्गा भाडाको समयावधि नसकिँदै पनि दिनुपर्ने ओलीको भनाइ छ। प्रधानमन्त्रीले प्रतिस्पर्धात्मक मूल्य कायम गरी उक्त जग्गा यती होल्डिङ्सलाई दिएको बताउनुभयो ।

व्यापारी घरानाको प्रलोभनमा आफूहरु नपर्ने दाबी गर्दै उहाँले सरकारले कुनै पनि गल्ती नगरेको दावी गर्नुभयो । नेपालको इतिहासमा पहिलेभन्दा भ्रष्टाचार नियन्त्रण भएको र त्यसलाई उन्मुलन गरेरै छोड्ने प्रधानमन्त्रीको भनाई छ । सरकार स्पष्ट भिजनसहित अघि बढेको समेत प्रधानमन्त्री ओलीको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू