अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

एमसीसी परियोजना संसदबाट पारित गराउन अब अलमल नगरौं – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ माघ १५ गते ५:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्नु नपर्ने बताउनुभएको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट पार्नुभयो ।

एमसीसी सहयोग मुलुकलाई आएको ठूलो सहायता रहेको स्पष्ट पार्दै उहाँले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने पनि बताउनुभयो । यसको अर्को कुनै विषयसँग साँठगाँठ नभएको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा प्रधानमन्त्री ओलीले पाँच वर्षमा काम गर्न नसकिए सम्झौता जहाँ पुगेको हो त्यहींबाट सकिने एमसीसी सम्झौतामा उल्लेख रहेको बताउनुभयो । ४० भन्दा बढी देशमा यसै परियोजनामा काम भइरहेको उल्लेख गर्दै उहाँले इण्डो प्यासिफिक रणनीतिसँग यसको कुनै संलग्नता नरहेको दावी गर्नुभयो ।

एमसीसी पारित गर्न भूमिका नखेलेको आरोप ब्यहोरिरहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा मन्त्री भएका बेलामा संसदबाट पारित गर्न कुनै अफ्ठ्यारो नहुने भनेर बचन दिएको जिकीर पनि प्रधानमन्त्री ओलीले सो अवसरमा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू