अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

गीत : मनको घाउ

रन्जु मार्ग २०७६ माघ १४ गते १३:४५ मा प्रकाशित

मनको घाउ निको हुने कुन औषधी होला
बताई देऊ न उनीलाई जीवन बग्ने खोला ।

एउटा नाता जोडेकी थिइन ,टुटेर गयो
अर्को नाता जोड्न खोजिन ,फुटेर गयो

सिसा जस्तै चर्केकी छिन, फलाम कहिले होलिन्
एक्लै हुँदा एकान्तमा कति धेरै रो’लिन ?

समाजले हुन्न भन्यो रेखा नागी जानलाई
सकिनन् उनले एक्लै ,त्यो आगो पिउनलाई

भुवा जस्तो भएकी छिन ,सुन कहिले होलिन्
एक्लै हुँदा एकान्तमा कति धेरै रो’लिन ?