अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

काठमाडौं विश्वबिद्यालयमा २८ दिनपछि पढाई सुरु

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१६ मा प्रकाशित

काठमाडौं विश्वबिद्यालय (केयू) २८ दिनपछि खुलेको छ । विश्वविद्यालय आजबाट पठनपाठन सुरु भएको छ भने उपकुलपति र रजिष्टारको कार्यालय भने अझै बन्द रहेका छन् । प्राध्यापक र कर्मचारीले पुस १६ देखी तालाबन्दी गरेपछि बिश्वबिद्यालयको पढाई सञ्चालन हुन सकेको थिएन । केयूले पटक, पटक गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी र प्राध्यापकले गत पुस १६ गतेबाट तालाबन्दी गरेका थिए ।

आन्दोलनरत प्राध्यापक संघका अध्यक्ष बेदमणि दाहालले पढाई सुचारु गर्न ताला खोलेको जानकारी दिनुभयो । आन्दोलनरत पक्षले गत साउन २३ गते देखी भदौ ३० सम्म तालाबन्दी गरेका थिए । त्यतीखेर काठमाडौं विश्वबिद्यालयले चार बुँदे सहमति गरेपछि ताला खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू