अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

अमेरिकी सेनाको विमान दुर्घटना – आफुले खसालेको तालिवानको दाबी

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१५ मा प्रकाशित

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकी सेनाको रहेको पुष्टि भएको छ । अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको र शत्रुले विमान खसालेको भन्ने कुनै संकेत नदेखिएको जनाएको छ ।

तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा विमान दुर्घटना भएको हो । तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तालिवानले विमान खसालेको भन्ने दाबीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ । विमानमा कति जना सवार थिए भन्ने स्पष्ट खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू