अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

वीरेन्द्रनगर तनावग्रस्त, गोली लागेर ७ जना घाइते, कर्फ्यु आदेश जारी

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१२ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो ।

पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ । सिंहको मृत्युको विषयलाई लिएर मंगलबार दिनभर वीरेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ भने प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर ४ जना प्रहरीसमेत घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो । प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी बिटसमेत तोडफोड गरेका छन् । प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू