अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

स्ववियु निर्वाचनको तालिका सार्वजनिक

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले मंगलबार आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघ(संगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन ४ गते निर्धारण गरेको छ । विश्वविद्यालयले मतदानको समय क्याम्पस निर्वाचन समितिले तोक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू