अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

पर्यटन बोर्डको सिइओमा डा.धनन्जय रेग्मी नियुक्त

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१२ मा प्रकाशित

पर्यटन बोर्डको सिइओमा डाक्टर धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ । पर्यटन बोर्डको संचालक समितिको बैठकले मंगलबार रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। अव उहाँले ४ वर्ष पर्यटन बोर्डको नेतृत्व गर्ने छन्। डाक्टर रेग्मी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै सिइओ बन्नुभएको हो ।

पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो।जसमा १७ जनाको आवेदन परेको थियो। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो।

छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे रहनुभएको थियो । छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू