अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

माघको अन्तिम साता मनाङको हुम्देमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’ हुँदै

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०९ मा प्रकाशित

नेपाल पर्वतारोहण संघले यही माघ अन्तिम साता दोस्रो ‘आइस क्लाइम्बिङ फेस्टिभल’ आयोजना गर्ने भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्ने उद्देश्यले मनाङको हुम्देमा माघ १८ देखि २७ गतेसम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल आयोजना गर्न लागिएको हो ।

यसैगरी, संघले नेपाल क्लाइम्बिङ टिमसँगको सहकार्यमा माघ १८ र १९ गते ‘सातौं पार्क योङ स्योक खुल्ला वाल क्लाइम्बिङ’ प्रतियोगिता पनि आयोजना गर्दैछ । काठमाडौंको पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा १०० भन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।

प्रसिद्ध कोरियाली आरोही स्व. पार्क योङको सम्झनामा उनकै नाममा स्थापित कोरियाली फाउन्डेसनको सहयोगमा हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ । पर्वतारोहण संघले माघ २२ गते पोखरामा १७औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस मनाउँदैछ ।

सोही अवसरमा माघ २० गतेदेखि तीन दिनसम्म विश्व शान्ति पूजा आयोजना गरिँदैछ । संघले यसअघि सन् २००६ र २०१६ मा पनि विश्व शान्ति पूजा आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू