अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

ए डिभिजन लिग फुटवल– आर्मी पुनः शीर्ष स्थानमा, सरस्वतीको पहिलो जित

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०६ मा प्रकाशित

त्रिभुवन आर्मी क्लब पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुगेको हो ।

जितपछि आर्मीको ९ खेलबाट २० अंक भएको छ । १९ अंकबाट मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ । एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ–मर्स्याङ्दी क्लबको १६ अंक छ । प्रतियोगितामा तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।

मंगलबारै एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले पराजित गर्दै सरस्वतीले पहिलो जित निकालेको हो । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत् छ । हिमालयन शेर्पा ७ अंकसहित १२औं स्थानमा छ । लिगअन्तर्गत बुधबार मनाङले मच्छिन्द्र क्लबसित खेल्ने कार्यक्रम छ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू