अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

पाकिस्तानलाई हराउन हामीलाई १०/ १२ दिन पनि लाग्दैन– भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०५ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँग तीन–तीन युद्ध हारिसकेको पाकिस्तानलाई हराउन भारतलाई १०/१२ दिन पनि नलाग्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय क्याडेट कप्स (एनसीसी)को र्यालीलाई सम्बोधन गर्दै मोदीले यस्तो दावी गर्नुभएको हो । सम्बोधनमा मोदीले जम्मु–कश्मिरको स्वायत्त राज्यको विशेषाधिकार खारेज गरिएको विषयमा समेत बोल्नुभयो । जम्मु–कश्मिरमा अनुच्छेद ३७० अस्थायी रहेको कारण त्यसलाई हटाईएको उहाको भनाई छ ।

कश्मिरमा केही व्यक्तिले यही विषयमाथि राजनीति गरी राष्ट्रिय झण्डाको अपमान भएसंगै ७० वर्षपछि कश्मिरबाट अनुच्छेद ३७० हटाइएको र यो आफुहरुको दायीत्व रहेको मोदीले जिकिर गर्नुभयो । पाकिस्तानले अहिलेसम्म भारतसँग कुनैपनि युद्ध नजितेको भन्दै मोदीले पाकिस्तानले बम विष्फोट र आतंकवादीमार्फत हमला गरिरहेको आरोप लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू