अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

आफु पार्टीमा निहुँमात्र खोज्ने मान्छे नभएको वरिष्ठ नेता पौडेलको दाबी

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०३ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताउनुभएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा उहाँले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताउनुभएको हो ।

अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाई भइरहेको पौडेलले टिप्पणी गर्नुभयो । कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उहाँको भनाइ छ ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू