अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

मधेसी दललाई पालैपालो सरकारको लोभ देखाइएको राजपाको आरोप

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०१ मा प्रकाशित

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा उहाँले मधेसको मुद्दा संम्बोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताउनुभयो ।

यादवले एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने सरकारको प्रवृत्ति देखिएको भन्दै यादवले अब सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने स्पष्ट पार्नुभयो । सरकारलाई समर्थन गरेको एक वर्षसम्म राजपाले उठाएको माग पूरा नभएको र संघीय समाजवादी पार्टी सरकारमा १८ महिना बस्दा पनि उसको मागमा छलफल नभएको यादवले बताउनुभयो ।

अहिले पनि मधेस केन्द्रित दलका विषयमा विभिन्न हल्ला फैलाइएको भन्दै राजपा अध्यक्ष मण्डलका संयोजक यादवले राजपा माग र मुद्दाका लागि स्थापना भएको जिकिर गर्नुभयो । सरकारले आफूहरुको समर्थन लिने तर माग पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै यादवले यस्तो प्रवृत्ति रहँदासम्म सरकारमा जाने सम्भावना नभएको बताउनुभयो । यादवले आफूहरुले उपसभामुख पद पनि नमागेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू