अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

एमसीसी अनुमोदनको प्रतीक्षामा रहेको प्रधानमन्त्री ओलीको भनाइ

बिआरटीनेपाल २०७६ माघ १४ गते ६:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ६ देखी सात जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारितको प्रतिक्षामा रहेको बताउनुभयो ।

मुलुकको राजनीति र सम–सामयिक अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड समेत दिनुभएको छ । उहाँले संसद् सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन पनि सभामुख सापकोटालाई दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू