अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

कांग्रेस पार्टी कार्यालयमा पुनः झडप, केन्द्रीय नेताकै भागभाग

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:४० मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार अपरान्ह पुन झडप भएको छ । नेपाल विद्यार्थी संघको नेतृत्वका विषयलाई लिएर दिउसो भएको झडप मत्थर हुन नपाउदै साँझ पुन झडप भएको हो । केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय पुगेका कांग्रेसका केन्द्रीय सदस्यहरुकै भागाभाग भएको छ । केन्द्रीय समिति बैठकलाई दबाब दिन भेला भएका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीबीच झडप हुँदा नेताहरुबीच नै भागदौड मच्चिएको हो ।

दिउँसो भएको झडप केही साम्य भए पनि बेलुका चौथो तलमा केन्द्रीय समितिको बैठक सुरु भएसँगै विद्यार्थीबीच ढुंगा हानाहान सुरु भएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक बेलुका ५ बजे मात्र सुरु भएको थियो ।

बैठकले महाधिवेशनको पुरानै मितिलाई सर्वसम्मतले अनुमोदन गरेको छ । केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडी सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू