अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

‘नेपाली पोर्ट’ को उद्घाटन, डिजिटल नेपालको सपना पूरा भयो – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलील डिजिटल नेपाल बनाउने सरकारको सपना पूरा भएकोे बताउनुभएको छ । सोमवार बायोमेट्रिक प्रणालीमा आधारित ‘नेपाली पोर्ट’को उद्घाटन गर्दै उहाँले २ वर्षमा गर्नुपर्ने काम १ वर्षमा गरेर डिजिटल नेपालको सपना पूरा हुन लागेको बताउनुभएको हो । आधुनिकीकरणको यात्रामा रहेको नेपालमा नेपाली पोर्टको शुरूआत हुनु सरकारको एउटा नयाँ कदम भएको बताउँदै प्रधानमन्त्री ओलीले नयाँ सफ्टवेयरले सेवा प्रवाहलाई सरल, सहज र सुरक्षित बनाउने उल्लेख गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्तर्राष्ट्रिय विमानस्थलमा शुरूआत भएको बायोमेट्रिक प्रणालीमा आधारित सफ्टवेयरले संगठित अपराधहरू सुन तस्करी, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियार जस्ता अपराध सञ्जाल ध्वस्त पार्न सहयोग हुने बिश्वास व्यक्त गर्नुभयो । मुलुकको सुरक्षासँग प्रत्यक्षरुपमा सरोकार राख्ने सीमा व्यवस्थापन र अध्यागमनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय, यात्रुमैत्री र सूचना प्रणालीमा आधारित बनाउन नेपालीले नै बनाएको नेपाली पोर्टले ठूलो भूमिका खेल्ने गृहमन्त्री थापाले बताउनुभयो ।

नअध्यागमन सुधार कार्यक्रम अन्तर्गत बायोमेट्रिक प्रणाली सहितको सूचना प्रणालीको विकास, भौतिक पूर्वाधारको सुधार, सुरक्षित र २ तहको डाटा सेन्टर सहितको २४ सै घण्टा सञ्चालन हुने नेपाली पोर्टको शुरूआत भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो । नेपाली पोर्ट सोमवारदेखि देशका १२ स्थानका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैसाथ शुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू