अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा अब दुइ वटा हात्ती राख्ने

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ । अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै अब दुईवटा हात्तीको चित्र राखिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका बताउनुभयो । दुईवटा हात्तीको चित्र भएको नयाँ हजार रुपैयाँको नोट अबको ६ महिनासम्ममा प्रचलनमा आउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू