अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

ए डिभिजन लिग– थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२७ मा प्रकाशित

मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज थ्री स्टार क्लबलाई २–० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको मछिन्द्रको नौ खेलमा १९ अंक भएको छ ।

१७ अंक जोडेको आर्मीले एक खेल कम खेल्दा मछिन्द्रले ६ जित, दुइ बराबर र एक हार बेहोरेको छ । अघिल्लो सिजन पुछारबाट दोस्रो रहेको कारण मछिन्द्रको १ अंक घटाइएको छ । यता थ्री स्टार ९ खेलमा १४ अंकसहित पाँचौ स्थानमा सिमित छ ।

लिग अन्तरगत मंगलबार हिमालयन शेर्पा क्लबले मध्याह्न १२ बजे सरस्वती युथ क्लबसित तथा दिउँसो ३ बजे आर्मीले जावलाखेल युथ क्लबसित खेल्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

प्रतिक्रिया